दक्षिण अफ्रिकाका जुलु समुदायका राजाको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दक्षिण अफ्रिकाका जुलु समुदायका राजाको निधन

एजेन्सी, २८ फागुन । दक्षिण अफ्रिकाका जुलु समुदायका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार निधन भएको छ । राजा ज्वेलिथिनीको ७२ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको राजदारबारले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

मधुमेहसँग सम्बन्धित रोगका कारण राजा ज्वेलिथिनी गएको महिना देखि अस्पताल भर्ना भई उपचार गराईरहेका थिए । उनको मृत्युको हल्ला भने उनलाई अस्पताल भर्ना गरिदेखि नै फैलाइएको थियो जसलाई उनका निकटकाहरुले गलत बताउँदै आएका थिए ।

राजा ज्वेलिथिनी जुलु समुदायका सबैभन्दा शासन गर्ने राजा हुन् । उनको शासनकाल झण्डै पाँच दशक रहेको थियो । सन् १९४८ मा उत्तरी क्वाजुलु–नाटालको नोङ्गोमामा जन्मिएका ज्वेलिथिनीले सन् १९६८ देखि शासन गरेको थिए । ज्वेलिथिनीका ६ श्रीमती र २८ सन्तान रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);