अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइड हत्या मुद्दाको सुनुवाइ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइड हत्या मुद्दाको सुनुवाइ सुरु

एजेन्सी, १७ चैत। गएको वर्ष सुरक्षाकर्मीको नियन्त्रणमा मारिएका अफ्रिकन मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मुद्दाको सुनुवाइ सुरु भएको छ ।

फ्लोइडलाई नियन्त्रणमा लिई घुँडाले घाँटीमा थिच्ने पूर्व पूर्व सुरक्षाकर्मी डेरेक सार्विनविरुद्ध सुनुवाई सुरु भएको हो ।

सुनुवाइको पहिलो दिन अभियोजनकर्ताको तर्फबाट फ्लोइडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदा उनको मृत्यु भएको भिडियो प्रशारण गरिएको थियो ।

पीडित पक्षले हत्यामा संलग्न पूर्व प्रहरी अधिकृतलाई हदैसम्मको कारवाहीको माग गरेका छन् भने सरकारी अधिकारीहरुले भने फ्लोइडले लागूऔषध प्रयोग गरेका कारण उनको मृत्यु भएको दावी गर्दै आएका छन् ।

फ्लोइड मृत्यु प्रकरणको मुद्दामा अदालतले तीन दिनअघि अभियुक्तलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो । सुनुवाईमा अदालतमा उपस्थित भएका प्रत्यक्षदर्शीहरुले पनि सुरक्षाकर्मीको चरम यातनाका कारण फ्लोइडको मृत्यु भएको बयान दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

प्रहरी नियन्त्रणमा फ्लोइडको मृत्यु भएको भिडियो गत वर्ष भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि अमेरिका लगायत अन्य मुलुकहरुमा समेत ब्ल्याक लाइफ म्याटर्स नारासहित धेरै प्रदर्शनहरु भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);