अमेरिकामै बोइङ म्याक्सको उडान स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकामै बोइङ म्याक्सको उडान स्थगित

boeing

काठमाडौं, १ चैत्र । संयुक्त राज्य अमेरिकाले आफ्नै देशको जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स मोडलका जहाज उडान तत्कालका लागि स्थगित गरेको छ । विगत ६ महिनामा बोइङको उक्त मोडलका दुई जहाज दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको मृत्यु भएपछि अमेरिकाले यस्तो निर्णय लिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बोइङ ७३७ म्याक्स संस्करणका जहाजमा उडान स्थगनको घोषणा गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

आइतबार मात्रै इथियोपियन एयरलाइन्सको बोइङ म्याक्स ८ दुर्घटनामा पर्दा जहाजमा सवार सबै १५७ जना यात्रुको मृत्यु भएको थियो । इथियोपियाबाट केन्याका लागि उडान भरेको केही समयमै उक्त जहाज दुर्घटनामा परेको थियो । गत अक्टोबरमा पनि लायन एयरको उही मोडलको बोइङ जाभा समुन्द्रमा दुर्घटनामा पर्दा १८९ जना यात्रुको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);