बोइङ कम्पनीले घटायो ७३७ मोडलको विमान उत्पादन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बोइङ कम्पनीले घटायो ७३७ मोडलको विमान उत्पादन

boeing 737 max

एजेन्सी , २३ चैत । इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनापछि बोइङले धेरै बिक्री हुने आफ्नो ७३७ मोडलको विमान उत्पादनमा अस्थायी रूपमा कटौती गर्न लागेको छ । एप्रिल महिनाको मध्यदेखि प्रतिमहिना ५२ बाट घटाएर ४२ वटा मात्रै सो मोडलको विमान बनाइने उसले एउटा विज्ञप्तिमार्फत् जनाएको छ ।

बोइङ ७३७ म्याक्स मोडलको विमानको हस्तान्तरण रोकिएपछि सो कम्पनीले पछिल्लो कदम चालेको हो । इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनामा सोही मोडलका जेट विमानहरू परेका थिए ।

प्रारम्भिक अनुसन्धानहरूले विमानलाई धेरै ठाडो हुनबाट रोक्ने ‘एन्टिस्टल’ प्रणालीमा समस्या भएको देखाएपछि सो मोडलका जेटहरू अहिले उडानबाट हटेका छन् ।

गत मार्चमा एथियोपियन एअरलाइन्सको ७३७ म्याक्स मोडलको विमान आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी विमानमा सवार सबै १५७ जनाको ज्यान भएको थियो। तीमध्ये एक नेपालकी एकता अधिकारी पनि थिइन् ।

पाँच महिनाअघि इन्डोनेशियाको लायन एअरको सोही मोडलको विमान जकार्ताबाट उडेको केही समयमा समुद्रमा खसेको थियो । उक्त दुर्घटनामा परी १८९ जनाको ज्यान गएको थियो ।

प्रारम्भिक अनुसन्धानले देखाएअनुसार दुवै घटनामा विमानचालकहरूले ‘एन्टिस्टल’ प्रणालीमा समस्या खेपेका थिए । चालकदलले विमानको चुच्चो माथितिर सोझ्याएर त्रुटि सच्याउन खोजे पनि सो प्रणालीले विमानलाई तलतिर धकेलिदिएको थियो ।

इथियोपियन एअरलाइन्सका अधिकारीहरूले बिहीवार जारी गरेको एउटा प्रतिवेदनअनुसार उडान ईटी३२० का विमान चालकहरूले दुर्घटनाअघि बोइङले सुझाएका प्रक्रियालाई पटकपटक अवलम्बन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);