इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो

एजेन्सी, २३ चैत । इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । केही हप्तादेखि लगातार परेको पानीका कारण इरानको पूर्वी प्रान्तहरु धेरै प्रभावित भएका छन् । लाखौै मानिसहरु विस्थापित भएको बताइएको छ ।

उनीहरुलाई अस्थायी शिविरमा ल्याउने प्रयास भइरहेको छ । केजेस्टान प्रान्तमा मात्रै ५० हजार भन्दा धेरै मानिसहरुलाई स्थानातरण गर्ने प्रक्रिया अघि बढाइएको इरानी अधिकारीहरुले बताएका छन् ।

गत हप्तामात्रै उक्त प्रान्तका ७० गाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । अधिकारीहरुका अनुसार बाढीका कारण १९ सय भन्दा बढी शहर र गाउँहरु प्रभावित भएका छन् ।

हजारौं सडक, पुल र भवनहरुमा क्षति पुगेको छ । इरान सरकारले बाढीबाट विस्थापितहरुलाई राहत उपलब्ध गराउने र उद्धारको कार्यलाई तिव्र बनाउन अधिकारीहरुलाई निर्देशन दिएको छ । तर अविरल परेको पानीका कारण उद्धार र राहतमा कठिनाइ परेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);