पश्चिम युरोपमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या १ सय ७० पुग्यो (बाढी अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पश्चिम युरोपमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या १ सय ७० पुग्यो (बाढी अपडेट)

एजेन्सी । पश्चिम युरोपमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या एक सय ७० पुगेको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो जर्मनीका छन् । बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका दुई गाउँ तहसनहस भएका छन् । बाढीका कारण सयौँ घर बगेका छन् भने सयौँ सर्वसाधारण बेपत्ता भएका छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीको खबरमा उल्लेख छ । जर्मनीका मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले भीषण बाढी एक सय वर्षयताकै खतरनाक भएको बताएका छन ।

एक महिनामा पर्नुपर्ने पानी २४ घण्टाभित्रै परेको यहाँको मौसम विभागले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २ सय ७ मिलीलिटरसम्म पानी परेको बताइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीमा आएको बाढीलाई विनाशकारी बाढीको संज्ञा दिएका छन ।

उनले बाढीका कारण विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा जोडतोडका साथ लाग्न निर्देशन दिएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);