इण्डोनेसियामा ६२ यात्रु सवार विमान दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इण्डोनेसियामा ६२ यात्रु सवार विमान दुर्घटना

एजेन्सी, २६ पुष । इण्डोनेसियामा ६२ जना यात्रु सवार विमान दुर्घटना भएको छ । श्रीविजया एयरको बोइङ ७३७ जहाज शनिबार राजधानी जकार्ताबाट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटना भएको हो । विमान उडेको केहीबेरमै दुर्घटना भएको थियो ।

विमान उडान भरेको चार मिनेटपछिनै राडारबाट हराएको थियो ।इन्डोनेसियाका अधिकारिहरुले विमान दुर्घटना भएको स्थल पत्ता लगाउन सफल भएको बताएका छन्।विमान जकार्ता नजिकको आइल्याण्ड आसपासमा दुर्घटनामा परेको अनुमान छ ।

विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढि पानी जहाज पठाइएको इण्डोनेसियाका अधिकारीले जनाएका छन । शनिवार राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान आज बिहान सुरु भएको अधिकारीले बताएका छन् ।विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);