मेक्सिकोमा एक सय तिन जना यात्रु सवार एयर मेक्सीकोको विमान दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मेक्सिकोमा एक सय तिन जना यात्रु सवार एयर मेक्सीकोको विमान दुर्घटना

maxico plane crash

एजेन्सी, १६ साउन । मेक्सिकोमा एक सय तिन जना यात्रु सवार एयर मेक्सीकोको विमान दुर्घटनामा परेको छ ।

डुरांगो प्रान्तस्थित गुडालुप भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट राजधानी मेक्सिको सिटीका लागि उडान भर्दै गरेको विमान दुर्घटनामा परेको हो । भिक्टोरिया विमानस्थलबाट उडान भरेको पाँच मिनेटमा विमान दुर्घटना भएको हो । ९७ जना यात्रु तथा ४ जना चालक दलका सदस्य सवार विमान दुर्घटनामा परेपनि सबै सकुशल रहेको बीबीसीले जनाएको छ ।

घटनामा ८५ जना घाइते भएका छन्, जसमध्ये दुईको अवस्था गम्भीर छ । भने ३७ जनाको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेपनि तत्काल उद्दार कार्य सम्भव भएकाले मानविय क्षती हुन पाएन । विमानस्थलका अधिकारीहरुले खराब मौसमका कारण नै विमान दुर्घटनामा परेको बताएका छन् । तीव्र गतिमा हावाहुरी चलेका कारण विमानलाई आकस्मिक अवतरणको प्रयास गर्दा दुर्घटनामा परेको बताइएको छ ।

मेक्सिकोस्थित नागरिक उड्ययनका प्रवक्ता एलेजान्द्रो कार्डोजाले विमानबाट अधिकांश आँफै पैदल हिँडेर बाहिर निस्किन सफल भएको जनाएका छन् । दुर्घटनापछि गुडालुप भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);