५० जना भन्दा धेरै यात्रु बोकेको विमान उडेलगत्तै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

५० जना भन्दा धेरै यात्रु बोकेको विमान उडेलगत्तै बेपत्ता

एजेन्सी, २५ पुष । इन्डोनेशियाको राजधानी जकार्ताबाट उडेको एक यात्रुवाहक विमान बेपत्ता भएको छ । शनिबार ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको विमान उडेलगत्तै बेपत्ता भएको हो ।

द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडरडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो ।

इन्डोनेशियाको यातायात मन्त्रालयले खोजी कार्य सुरु भइसकेको जनाएको छ।

Leave a Reply