अमेरिकाले उत्तर कोरियाप्रतिको शत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्छ : किम जोङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अमेरिकाले उत्तर कोरियाप्रतिको शत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्छ : किम जोङ

एजेन्सी, २५ पुष । उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकाले आफ्नो देशप्रतिको शत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उत्तर कोरियाको सत्तारुढ पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै नेता किमले अमेरिकाले पहिलेदेखि उत्तर कोरियाप्रति राखेको शत्रुतापूर्ण नीति त्याग्नु पर्ने बताउनु भएको हो ।

अमेरिकाले त्यसतो नीति त्यागे मात्र उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा सुधार हुने किमको भनाई छ । नेता किमले उत्तर कोरियाको परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । उहाँले पानीमुनि चल्ने परमाणु जहाज न्यूक्लियर सबमरिन बनाउने आफ्नो योजना करिब करिब पूर्ण भएको समेत जानकारी गराउनु भयो ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथ ग्रहणको केही दिन अघि मात्र आएको किमको यस्तो प्रतिक्रिया जो बाइडेनमाथि दवावका रुपमा आएको विश्लेषण गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । उहाँले दक्षिण कोरियाका बारेमा पनि यस्तै प्रतिक्रिया दिनुभएको थियो ।

दक्षिण कोरियाले पनि आफ्नो देशप्रतिको विगतको जस्तो शत्रुतापूर्ण सम्बन्धको नीति नलिने हो भने दक्षिण कोरियासँगको सम्बन्ध पनि तीन वर्षअघिको जस्तै अवस्थामा पुग्ने बताउनुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);