नयाँ वर्षको पहिलो दिन उत्तर कोरियाले अमेरिकालाई दियो चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नयाँ वर्षको पहिलो दिन उत्तर कोरियाले अमेरिकालाई दियो चेतावनी

donald-trump-kim-jong-un

एजेन्सी, १७ पुस । नयाँ वर्ष २०१९ को पहिलो दिन उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सम्बोधनका क्रममा अमेरिकाले आफ्नो मुलुकलाई नाकाबन्दी गरिरहे बाटो परिवर्तन हुन सक्ने चेतावनी दिएका हुन् ।

किमले मंगलबार राज्य नियन्त्रित टेलिभिजनमा सम्बोधन गर्दै अमेरिकाले विश्वसामू आफ्ना प्रतिबद्धता कायम नराख्ने तथा आफनो मुलुकलाई नाकाबन्दी र दबाब दिइराखे देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वार्थको लागि नयाँ बाटो लिनुको विकल्प नभएको बताए ।

गत वर्ष किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्तामा परमाणु कार्यक्रम स्थगन गर्ने कुरामा हस्ताक्षर भएको थियो । किमले दक्षिण कोरियाली राष्ट्रपतिसँग कोरियाली प्रायद्विपमा परमाणु अस्त्र निशस्त्रीकरणको सहमति समेत गरेका थिए ।

उत्तर कोरियाले आफ्नो मुलुकले आणविक हतियार उत्पादन, प्रयोग र ओसारपसारमा प्रतिबन्ध लगाएको छ । उता अमेरिकाले भने उत्तरकोरियाले पारमाणविक परीक्षण केन्द्रहरु बन्द गरेपनि आफनो हतियार उत्पादन कार्यक्रमलाई जारी राखेको भन्दै प्रतिबन्ध लगाउँदै आएको छ । किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जुनसुकै बेला आफू भेट्न तयार रहेको समेत बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);