अमेरिकाले अझै शत्रुतापूर्ण व्यवहार गर्ने गरेको उत्तर कोरियाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकाले अझै शत्रुतापूर्ण व्यवहार गर्ने गरेको उत्तर कोरियाको आरोप

trump n kim john

एजेन्सी, १९ असार । उत्तर कोरियाले अमेरिकाले अझै शत्रुतापूर्ण व्यवहार गर्न नछाडेको आरोप लगाएको छ । दुई देशबीच परमाणुसम्बन्धी वार्ता फेरि सुरु गर्न सहमति भएको केही दिनपछि नै उत्तर कोरियाको यस्तो भनाइ सार्वजनिक भएको हो ।

संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधिले अमेरिकाले कोरियाप्रतिको दवाब र नाकाबन्दी कायमै राखेको भन्दै आफनो ब्यवहारमा परिवर्तन नगरेको बताएका हुन । प्योङयाङले प्रतिबन्धलाई समस्याको अचुक औषधि भनेर हेर्ने अमेरिकी दृष्टिकोण निकै हास्यास्पद भएको जनाएको छ ।

उसले वासिङ्टनलाई कोरियाली प्रायद्वीपको शान्तिपूर्ण अवस्थालाई अवमूल्यन गर्ने प्रयास गरेकोसमेत आरोप लगाएको छ । उत्तर कोरियाले अमेरिकासँग हुने ‘सिमित’ आणविक सम्झौताका लागि पनि आफ्नो मुलुकको शर्त नाकाबन्दी फुकुवा हुनुपर्ने अडान दोहोराएको छ।

गत आइतवार मात्रै दक्षिण कोरिया भ्रमणकाक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई कोरिया विभाजन गर्ने गैरसैन्य क्षेत्रमा उत्तर कोरियाली नेता किम जोङ उनलाई भेटेका थिए । ट्रम्प र किमबीचको वार्तामा निःशस्त्रीकरणसम्बन्धी अवरूद्ध वार्ता फेरि सुरु गर्ने विषयमा छलफल भएको थियो । अमेरिकाले भने यससम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);