अमेरिकी संसद भवनमा भएको हिंसामा संलग्न सिङ भएको टोपी लगाउने व्यक्तिलाई अमेरिकी प्रहरीद्धारा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकी संसद भवनमा भएको हिंसामा संलग्न सिङ भएको टोपी लगाउने व्यक्तिलाई अमेरिकी प्रहरीद्धारा पक्राउ

एजेन्सी, २६ पुष । अमेरिकी संसद भवन क्याटिल हलमा हिँसात्मक गतिविधिमा संलग्न भएको सिङ भएको टोपी लगाउने व्यक्तिलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । क्यापिटल हिलमा भएको हिँसात्मक विरोध प्रदर्शनमा राँगाको जस्तो सिङ र भुत्ला भएको टोपी लगाएर आएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअननका प्रमुख अनुयायी रहेको अमेरिकी प्रहरीले पुष्टी गरेकोे छ । ती व्यक्ति ज्याक एन्जेलीको नाममा चिनिने ज्याकोब एन्थोनी चान्सले रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । उनी विरुद्ध हिँसात्मक गतिविधिमा संलग्न भएको आरोप दर्ता गरिएको छ ।

गएको बुधबार क्यापिटल हिलमा अमेरीकी संयुक्त सदन कंग्रेसमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जीत पुष्टि गर्न छलफल भइरहेको समयमा ट्रम्पका समर्थकहरुले हमला गरेका थिए । सो हमलामा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको छ। समर्थकहरुलाई आक्रमणका लागि उक्साएको अभियोग लागेका राष्ट्रपति ट्रम्प चौतर्फी आलोचनाको केन्द्रमा मात्र परेका छैनन् , उनीमाथि पुनः महाअभियोग लगाउने तयारी समेत भएको छ ।

आक्रमणमा सहभागी भएकाहरुको खोजीका लागि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले सर्वसाधारणसँग सहयोगका लागि अपिल गरेको छ । यस्तै सभामुख न्यान्सी पेलोसीको मञ्च स्ट्याण्ड बोक्दै गरेको देखिएका व्यक्ति पनि पक्राउ परेका छन्।

उनी फ्लोरिडाका ३६ वर्षे एडम जोन्सन रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । उनीविरुद्ध सरकारी सम्पतिको चोरी तथा हिंसात्मक रुपमा प्रवेश गरेको अभियोग दर्ता भएको छ । हिँसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा अहिलेसम्म कम्तिमा १७ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);