पद्मा मिडिया ग्रुपले छिट्टै अंग्रेजी भाषाको टिभी सञ्चालनमा ल्याउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पद्मा मिडिया ग्रुपले छिट्टै अंग्रेजी भाषाको टिभी सञ्चालनमा ल्याउने

pic_cm

काठमाडौं, ५ बैशाख । मुलुकको अग्रणी सञ्चार समूह पद्मा मिडिया ग्रुपले छिट्टै अंग्रेजी भाषाको टिभी सञ्चालनमा ल्याउने भएको छ । नव वर्ष २०७५ सालको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पद्मा मिडिया ग्रुपका कार्यकारी अध्यक्ष राजुप्रसाद कडेलले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी अर्को टिभी संचालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । उनले पद्मा मिडिया ग्रुपअन्तर्गत संचालित तीनै वटा टेलिभिजनलाई मुलुकको आर्थिक समृद्धिको अभियानमा टेवा पुग्ने गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष कडेलले अहिलेसम्मको टेलिभिजनमा गरिएको लगानी अनुदानमा परिणत गर्दै अब हुने टेलिभिजनको सम्पूर्ण आम्दानी यसमा आवद्ध कर्मचारीको सीप र दक्षता अभिवृद्धिमा लगानी गर्ने घोषणा गरेका छन् ।

यस ग्रुपअन्तर्गत माउन्टेन टेलिभिजन, विजनेस प्लस टेलिभिजन, भक्ति दर्शन इन्टरनेशनल टेलिभिजनसँगै इमाउन्टेन टिभी डटकम अनलाईन सञ्चालनमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);