पद्मा मिडिया ग्रुप अन्तर्गतको क्षेत्रीय प्रशारण केन्द्र धनगढीकाे पहिलो वार्षिकोत्सव | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पद्मा मिडिया ग्रुप अन्तर्गतको क्षेत्रीय प्रशारण केन्द्र धनगढीकाे पहिलो वार्षिकोत्सव

धनगढी, २० चैत । पद्मा मिडिया ग्रुप अन्तर्गतको सुदूरपश्चिम क्षेत्रीय प्रशारण केन्द्र धनगढीले पहिलो वार्षिकोत्सब मनाएको छ । प्रसारणको १ बर्ष पूरा भएको अवरसमा विशेष कार्यक्रम गरेर धनगढीमा वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पूर्वाग्रही भएर समाचार प्रशारण नगर्न संचार माध्यमलाई आग्रह गरे ।

संचार माध्यमले जस्ताको तस्तै समाचार जनाताको माझमा पुर्याउनुपर्नेमा उनले जोड दिए । उनले समाजमा विकृति, भ्रष्टाचार, अपराधलाई रोक्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

पद्मा मिडिया गु्रपका अध्यक्ष राजु कडेलले प्रदेशको विकासका लागि क्षेत्रीय प्रशारण केन्द्रको स्थापना गरिएको बताए । पद्मा मिडिया ग्रुप अन्तर्गत माउण्टेन, बिजनेस प्लस र भक्तिदर्शन टेलिभिजन संचालनमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);