'पद्मा मिडिया ग्रुप'को पोखरामा प्रादेशीक प्रसारण केन्द्रको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘पद्मा मिडिया ग्रुप’को पोखरामा प्रादेशीक प्रसारण केन्द्रको सुरुवात

padma pokhara2

दुर दराजका जनताको समस्या, गुुनासो र त्यसको सम्बोधनका लागि प्रादेशिक प्रशारण केन्द्रले सहयोग पुर्‍याउँछ : अध्यक्ष राजुुप्रसाद कँडेल

पोखरा, ३ भदौ । पद्मा मिडिया ग्रुपले गण्डकी प्रदेशको पोखरामा आइतबारदेखी प्रादेशिक प्रसारण केन्द्र स्थापना गरेको छ । पोखराको न्यूरोडस्थित संगममार्गमा स्थापना गरिएको प्रादेशिक प्रशारण केन्द्रको पद्मा मिडिया ग्रुुपका कार्यकारी अध्यक्ष राजुुप्रसाद कँडेलले एक कार्यक्रमकबीच उद्घाटन गरे ।

padma pokhara 1

पद्मा मिडियाग्रुप अन्तर्गत माउण्टेन टेलिभिजन, बिजनेश प्लस टेलिभिजन र भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन सञ्चालित छन । गण्डकी प्रदेश कार्यालय सञ्चालनसँगै अब अन्य प्रदेश जस्तै चार नम्बर प्रदेश पनि केन्द्रिय प्रसारणसँग जोडिएको छ ।

प्रदेश कार्यालयको उद्घाटन गर्दै कार्यकारी अध्यक्ष कँडेलले सरकारले सूरु गरेको संघीयताको अभ्यासलाई सञ्चार क्षेत्रमार्फत योगदान दिन सहज हुने बिश्वास ब्यक्त गरे । उनले दुर दराजमा रहेका जनताको समस्या, गुुनासो र त्यसको समबोधनका लागि पनि प्रादेशिक प्रशारण केन्द्रले सहयोग पुर्‍याउने बताए ।

padma pokhara5

कार्यकारी अध्यक्ष कँडेलले जनताको सुसूूचित हुने अधिकारको रक्षाका साथै बिकास र समृद्धिको आकांक्षामा गण्डकी प्रदेशको प्रादेशिक प्रसारण केन्द्र सञ्चालनले थप योगदान पुर्‍याउने विश्वास ब्यक्त गरे ।

padma pokhara6

पद्मा ग्रुुपले यस अघि नै प्रदेश १ को बिराटनगर, प्रदेश २ को वीरगञ्ज, प्रदेश ५ को नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ७ को धनगढीमा प्रादेशिक प्रसारण केन्द्र स्थापना गरेर सञ्चालन गरिरहेको छ ।

padma pokhara4

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);