माउण्टेन टेलिभिजन अब वीरगञ्जबाट पनि, यसरी सुरु भयो मध्य क्षेत्र प्रशारण | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

माउण्टेन टेलिभिजन अब वीरगञ्जबाट पनि, यसरी सुरु भयो मध्य क्षेत्र प्रशारण

पद्मा गुप्र अन्र्तगत माउन्टेन टेलिभिजनको मध्य क्षेत्र क्षेत्रिय प्रशारण विरगञ्जबाट प्रशारण सुरु भएको छ ।

माउण्टेन टेलिभिजन अब वीरगञ्जबाट पनि

काठमाडौं । पद्मा गुप्र अन्तरगत माउन्टेन टेलिभिजनको मध्य क्षेत्र क्षेत्रिय प्रशारण विरगञ्जबाट प्रशारण सुरु भएको छ । पद्मा मिडिया नेटवर्कका अध्यक्ष राजुप्रसाद कँडेलले क्षेत्रिय प्रशारणको उदघाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेटवर्कका अध्यक्ष कँडेलले काठमाण्डौबाट प्रशारण हुनेवितिकै राष्ट्रिय च्यानल नहुने अवधारणा सहित देशका विभिन्न क्षेत्रमा प्रशारण केन्द्र स्थापना गर्न लागेको बताउनुभयो ।

मध्य क्षेत्रका स्थानिय समाचारका साथै आर्थिक, सामाजिक र धार्मिक गतिविधिलाई प्राथमिकताका साथ प्रशारण गर्ने उदेश्यले मध्य क्षेत्रिय प्रशारण सुरु गरिएको उहाँको भनाई थियो ।

कार्यक्रममा स्थानिय विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

पद्मागुप्रले यसअघि बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, धनुषाको जनकपुर र विराटनगरमा क्षेत्रीयप्रशारण केन्द्र सञ्चालनमा ल्याईसकेको छ ।

Leave a Reply