प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिपबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिपबीच भेटवार्ता

PRADHANMANTRI_oli

काठमाडौं, ३१ जेठ । साताव्यापी युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहिवार साँझ औपचारिक भेटवार्ता भएको हो । दुई समकक्षीबीच भएको वार्तामा द्धिपक्षीय हितका बिषयमा छलफल भएको जनाइएको छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधामन्त्री समक्ष फ्रान्सेली लगानी कर्तालाई नेपालमा लगानीका लागि प्रेसरत गर्न आग्रह गर्नुभएको थियो । बिहिवारै नै प्रधानमन्त्री ओली फ्रान्समा रहेका नेपाली समुदायले गरेका बिभिन्न कार्यक्रममा सहभागी हुनु भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले प्रवासबाटै भएपनि देश बिकासमा जुट्न नेपालीहरुलार्य आग्रह गर्नुभएको थियो ।

प्रधानामन्त्री ओली आज फ्रान्समा रहेको युरोपकै सर्बाधिक अग्लो हिमाल सामोनी जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली युरोपियन मुलुकहरु स्वीजरल्याण्ड,बेलायत र फ्रान्सको साताब्यापी भ्रमणमा गत शनिवार स्वीजर ल्याण्डको राजधानी जेनेभातर्फ प्रस्थान गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);