प्रधानमन्त्री ओली बुधवार फ्रान्स जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओली बुधवार फ्रान्स जाँदै

ओली र फ्रान्सका प्रधानमन्त्री एडुवार्डबीच बिहिवार औपचारिक वार्ता हुने

काठमाडौं, २८ जेठ । युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली बुधवार फ्रान्स जानुहुने भएको छ । हाल बेलायत भ्रमणमा रहनु भएका ओली बुधवार फ्रान्सको भ्रमणमा जान लाग्नु भएको हो ।

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहिवार औपचारिक वार्ता हुने जनाइएको छ । दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुनेछ । वार्ताका क्रममा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगेको अवसरमा दुई देशको कूटनीतिक सम्बन्धलाई अझै विस्तार गर्ने र आर्थिक तथा सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ।

दुई समकक्षीबीचको वार्तापछि प्रधानमन्त्री ओली बिहिबार साँझ नै राष्ट्रिय सभामा मैत्री समूहको अध्यक्ष भेरोनिक रिओतों र राष्ट्रिय सभाले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री ओली बुधबार दिउँसो बेलायतको लण्डनबाट सार्वजनिक रेल चढेर पेरिस पुग्ने बताइएको छ । प्रधानमन्त्री ओली युरोपियन मुलुकहरु स्वीजरल्याण्ड, बेलायत र फ्रान्सको साताब्यापी भ्रमणमा गत शनिवार स्वीजरल्याण्डको राजधानी जेनेभातर्फ प्रस्थान गर्नुभएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);