प्रधानमन्त्री ओली आज बेलायतबाट फ्रान्स जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रधानमन्त्री ओली आज बेलायतबाट फ्रान्स जाँदै

PM OLI

फ्रान्सका प्रम एडुवार्डबीच बिहिवार औपचारिक वार्ता हुने

काठमाडौं, २९ जेठ । साताव्यापी युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज फ्रान्स भ्रमणमा जानुहुने भएको छ । स्वीजरल्याण्डको भ्रमण सकेर सोमवार बेलायत पुग्नु भएका प्रधानमन्त्री ओलीले मंगलवार बेलायती राजकुमार ह्यारी र प्रधानमन्त्री टेरेसा मेसंग भेटवार्ता गर्नुभएको थियो ।

बेलायती प्रधानमन्त्री मे संगको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा व्यापार, लगानी, लगायतका विषयमा पनि छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । १७ वर्ष पछि नेपालका प्रधानमन्त्रीले गरेको पहिलो बेलायत भ्रमणका क्रममा ब्रिटिस गोर्खा सेनाका मुद्दामा समेत छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओली सोमवार स्वीट्जरल्याण्डको जेनेभाबाट लण्डन पुग्नुभएको थियो।

प्रधानमन्त्री ओली आज साँझ बेलायतबाट फ्रान्सतर्फ जादै हुनुहुन्छ । प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहिवार औपचारिक वार्ता हुने जनाइएको छ । दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुनेछ ।वार्ताका क्रममा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगेको अवसरमा दुई देशको कूटनीतिक सम्बन्धलाई अझै विस्तार गर्ने र आर्थिक तथा सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री ओली युरोपियन मुलुकहरु स्वीजरल्याण्ड,बेलायत र फ्रान्सको साताब्यापी भ्रमणमा गत शनिवार स्वीजर ल्याण्डको राजधानी जेनेभातर्फ प्रस्थान गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);