त्रिपक्षीय सम्झौता पुनरावलोकन सम्बन्धि प्रस्ताव अस्वीकार : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

त्रिपक्षीय सम्झौता पुनरावलोकन सम्बन्धि प्रस्ताव अस्वीकार : प्रधानमन्त्री ओली

pm oli-tripakshiye

काठमाडौं, १ असार । युरोपियन मुलकहरुको ८ दिनको औपचारीक भ्रमण पुरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश र्फकनु भएको छ । आइतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्रीले आफ्नो भ्रमण सफल भएको दावि गर्नु भएको छ । नेपालको पहिलो कुटनितीक सम्बन्ध स्थापना भएको वेलायतका प्रधानमन्त्री टेरेसा मेसँग त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्ने सन्दर्भमा नेपालको तर्फवाट प्रस्ताब राखेपनि बेलायतले भने स्वीकार नगरेको प्रधानमन्त्रीको भनाई छ ।

सन् १९४७ मा बेलायत,नेपाल र भारतबिच गोर्खा सैनीकका विषयमा त्रिपक्षीय सन्धी भएको थियो । सोहि सन्धी आधारमा इण्डियन ‘पे कोड’ लागू भएकाले भूतपूर्व गोर्खा सैनिकले बेलायती सेना सरह तलब र सुविधा नपाएको भन्दै लामो समयदेखि बेलायत सरकार विरुद्ध संघर्ष गर्दै आइरहेका छन । पूर्व गोर्खा सैनीकले सो त्रिपक्षीय सम्झौता नेपालको हितमा नरहेको भन्दै यसको खारेजीको माग गरीरहेका बेला प्रधानमन्त्री ओली बेलायत पुग्नु भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सम्झौता पुनरावलोकन गर्न बेलायती प्रधानमन्त्री टेरेसा मेसंग प्रस्ताव गरेपनि बेलायतले भने उक्त प्रस्ताव स्वीकार नगरेको प्रधानमन्त्रीको भनाई छ ।

त्रिपक्षीय सन्धी आवश्यक नभएको हुँदा बर्तमान सन्धी परिमार्जन गरी द्धिपक्षीय बनाउन प्रधानमन्त्रीले प्रस्ताव राख्नुभएको थियो । त्यस्तै प्रधानमन्त्री ओलीले नेपाली राष्ट्रिय ध्यवजाबाहक नेपाल एयसलाईन्सले युरोप लगायत बिश्वका अधिकांश देशको आकासमा उडानको लागी अनुमति नपाएको विषयलाई समेत यस पटकको भ्रमणमा गम्भिरताका साथ उठाउनुभएको थियो ।

जेठ २५ गते युरोप भ्रमणमा निस्किनु भएका प्रधानमन्त्री ओलीले स्वीजरल्णण्डको राजधानी जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठन )आइएलओ)को सतवार्षीक सम्मेलनान सम्बोधन गर्नुभएको थियो । स्वीजरल्याण्ड को भ्रमणपछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको भ्रमण समेत गर्नुभएको थियो । त्यसक्रममा उहाँले उच्च स्तरीय भेटवार्ता समेत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वीजरल्याण्ड भ्रमणका क्रममा नेपाल र मोरिसस तथा युएई र नेपाल बिच दुइपक्षीय श्रम सम्झौता भएको छ ।

त्यस्तै बेलायतका प्रधानमन्त्री टेरेसा मेसँग भएको भेटमा आपसि हित र सहकार्य बिस्तार गर्ने सम्बन्धमा समझदारी भएको तथा द्धिपक्षीय व्यापार तथा लगानी बृद्धि, प्रविधि हस्तान्तरण,पर्यटन एवं जनस्तरको सम्बन्ध कायम गर्ने सम्बन्धमा छलफल भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भनाई छ

त्यस्तै बेलायती राजकुमार ह्यारी र प्रधानमन्त्री ओलीबीचको भेटवार्तामा भुकम्पपछीको पुन र्निर्माण,नेपालले महीला तथा बालबालीकाको क्षेत्रमा गरेको प्रगति लगायतको बिषयमा छलफल भएको थियो । त्यसैगरी फ्रान्स भ्रमणका क्रममा प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच आपसि हीत र दुईदेशबीचको सम्बन्ध अझ बिस्तार,जलवायु परिर्वतनका असर कम गरी वातावराण सन्तुलन कायम गर्ने बिषयमा दुइ देश मिलेर अघि बढ्ने लगायतका बिषयमा छलफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);