प्रधानमन्त्री ओलीले अक्फोर्डमा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले अक्फोर्डमा सम्बोधन गर्ने

kp oli

काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको अक्फोर्ड युनियनको कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले बेलायतको अक्फोर्ड युनियनले आयोजना गर्ने कार्यक्रममा नेपालको विकास र लोकतन्त्रका विषयमा सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आगामी शनिबार ९ दिने युरोप भ्रमणमा  जाने छन् । परराष्ट्र मन्त्रालयले सिंहदरबारमा आज पत्रकार सम्मेलन गरि प्रधानमन्त्री ओलीले शनिबारदेखि असार १ गतेसम्म युरोप भ्रमणमा जाने जानकारी दिएको हो ।

प्रधानमन्त्री ओलीले स्वीजरल्याण्डको जेनेभाबाट युरोप भ्रमण शुरु गर्नेछन् । उनले आगामी २८ गते अन्तर्रा्ष्ट्रिय श्रम संगठनको एक सयौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जेनेभाबाट बेलायत जाने प्रधानमन्त्री ओलीले समकक्षी टेरिजा मेसँग द्धिपक्षीय हितका विषयमा कुराकानी गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपालसँग आर्थिक, सामाजिक, राजनीतिक सहकार्यका विषयमा नेपाल र बेलायतबीच केही सम्झौता पत्रमा समेत हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ । बेलायती प्रधानमन्त्रीसँगको भेटमा गोरखा सैनिकको आन्दोलनको सन्दर्भमा हुने कुराकानी हुने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।

बेलायत भ्रमण सकेर प्रधानमन्त्री ओली फ्रान्सको पेरिस जाने परराष्ट्रले जनाएको छ । युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली सहितको प्रतिनिधिमण्डल असार १ गते काठमाडौं फर्कने कार्यक्रम छ । यो समाचार आजको हिमालय टाइम्स दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);