प्रधानमन्त्री ओली असार ५ मा चीन जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रधानमन्त्री ओली असार ५ मा चीन जाने

kp oli pm

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा जानकारी दिएको हो ।

भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनियाँ राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । साथै नेपाल र चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बेइजिङमा नेपाल–चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्ने कार्यक्रम छ । यसको साथै प्रधानमन्त्रीले ल्हासाको भ्रमण समेत गर्ने छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);