जनचासोका विभिन्न विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

जनचासोका विभिन्न विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

samsadh parlyament

काठमाडौं, ३० जेठ । सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले अन्तर्राष्ट्रिय सहयोग देखि कृषि उत्पादन निर्यातसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

ताप्लेजुङबाट निर्वाचित सांसद योगश भट्टराईले अलैंची विकास बोर्ड गठन गरी ताप्लेजुङलाई अलैंची सुपर जोनको रुपमा अघि बढाउन सरकारसँग माग गरे । उनले चीन, भारत तथा खाडी मुलुकमा नेपालको अलैंची निकासीको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए ।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) सँग सांसद सचिवालयले गरेको सहयोग अनुदानको सम्झौताबारे सदनलाई जानकारी गराउन माग गरे। दात्तृ संस्थाहरुले सहयोगको नाममा आफ्ना चाहानाहरु पुरा गर्नका लागि सांसदहरुलाई प्रयोग गर्ने गरेको भन्दै दातृ निकायको सहयोग सम्झौताबारे जानकारी गराउनुपर्नेमा जोड दिए ।

सांसद गणेश पहाडीले विपि राजमार्गमा यात्रुबस र मालवाहक सवारी साधन नचल्दा त्यस क्षेत्रका स्थानीय प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । राजमार्गमा ठूला सवारी सञ्चालन नुहँदा स्थानीय मारमा परेको बताए ।

बैठकमा अन्य सांसदहरुले पनि आफ्नो निर्वाचन क्षेत्रमा देखिएका विविध समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

ताजा समाचार