चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै

oli si

काठमाडौं, ६ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सि जिन फिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । समकक्षी ली खछ्याङसँग भने बिहीबार प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले बिहान बेइजिङस्थित नेपाली दूतावासमा नेपाली प्रतिनिधिहरुसँग भेटवार्ता गरेका छन् । अहिले केहीबेरमा चीन–नेपाल व्यापारिक फोरममा सहभागीता जनाउने कार्यक्रम छ ।

त्यसपछि ओली टियनमिन स्क्वायरको अवलोकनमा जाने कार्यक्रम रहेको छ । चीन भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका एक क्षेत्र एक मार्ग (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);