कोरियामा एक नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कोरियामा एक नेपालीको मृत्यु

nepali mirtu

काठमाडौं, ६ असार । दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।

राई मोरङको बेलबारी लक्ष्मीमार्गका बासिन्दा हुन् । दाना पकाउने भाँडामा ग्यास ओभर भएपछि पड्किँदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले पोलेर घाइते भएका थिए । सोमबार बिहान घटना भएपछि तुरुन्तै भुसान अस्पताल लगिए पनि राति दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो । राई इपीएसमार्फत तीन बर्ष अघि कोरिया गएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);