हवाइजहाज ‘होल्ड’ हुँदा पद तथा गोपनीयताको शपथ लिनबाट छुटे पासाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

हवाइजहाज ‘होल्ड’ हुँदा पद तथा गोपनीयताको शपथ लिनबाट छुटे पासाङ

खोटाङ । हवाइजहाज आकाशमा ‘होल्ड’ हुँदा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ बिहिबार पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका छन् । भद्रपुरबाट हवाईजहाजमार्फत काठमाडौं जानेक्रममा काठ्माडौं पुगेपछि आकाशमै ३८ मिनेट होेल्ड हुँदा प्रतिनिधिसभा सदस्य राई पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका हुन् ।

बिराटनगरबाट फ्लाईट ढिला हुने भएपछि प्रतिनिधिसभा सदस्य राई काठमाडौं जानका लागि भद्रपुर पुगेका थिए । जहाज आकाशमै ट्राफिक जाममा पर्दा पद तथा गोपनीयताको शपथ लिन जानका लागि १० मिनेट ढिला भएको प्रतिनिधिसभा सदस्य राईले बताए ।

बिहिबार छुटेका राई सहित अन्य प्रतिनिधिसभा सदस्यले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने छन् । राई एमालेका उम्मेदवार बिशाल भट्टराईलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राई प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री थिए । पद तथा गोपनीयताको शपथको अघिल्लो दिन उनले पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);