बिहान प्रचण्डलाई भेटे साँझ बालकोट पुगे उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बिहान प्रचण्डलाई भेटे साँझ बालकोट पुगे उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् ।

भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गरेका थिए । उनले समाजवादी शक्ति निर्माण गर्दै सरकारमा सहभागी हुन यादवलाई प्रस्तावसमेत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);