जसपा दुवै पक्षको कारबाही अमान्य भएको निर्वाचन आयोगको ठहर | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

जसपा दुवै पक्षको कारबाही अमान्य भएको निर्वाचन आयोगको ठहर

nirwachan ayog


काठमाडौँ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका दुई अध्यक्ष एक अर्कोविरुद्ध गरेको कारबाहीलाई मान्यता दिन नसकिने निर्णय गरको छ। आयोगले आइतबार दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दे पुरानै पदाधिकारी रहने गरी निर्णय गरेको हो ।

पार्टीको पहिलो अध्यक्षका हैसियतले महन्थ ठाकुरले उपेन्द्र यादवलाई निष्कासन गरेका थिए भने उपेन्द्र यादवले पनि महन्थ ठाकुरसहित चार नेताहरुलाई पार्टीबाट साधारण सदस्य नरहने गरी कारबाही गरेका थिए । पार्टीमा विवाद बढेपछि ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिएको छ भने यादव पक्ष सरकारको बिपक्षमा उभिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा भएको विवरण हेरफेर गर्दा कुनै पनि अध्यावधिक गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

Leave a Reply

ताजा समाचार