जसपा अध्यक्ष यादवद्वारा पार्टीबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीसँग स्पष्टीकरण माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जसपा अध्यक्ष यादवद्वारा पार्टीबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीसँग स्पष्टीकरण माग

upendra-yadba

काठमाडाैं । जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरणको माग गरेका छन् ।

पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई ७ दिन भित्र स्पष्टीकरण माग गरेका हुन् । तर, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बन्नुभएकाजसपा नेता लक्ष्मणलाल कर्णले भने स्पष्टीकरणबारे आफूलाई थाहा नभएको बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकारमा जसपाको नेतृत्व गरेका राजेन्द्र महतोले उपप्रधानमन्त्री र सहरी विकास मन्त्रालय पाएका छन् ।

यसैगरी शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

यसैगरी चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);