जसपा महन्थ ठाकुर पक्ष सरकारमा, आजै सपथ ग्रहण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जसपा महन्थ ठाकुर पक्ष सरकारमा, आजै सपथ ग्रहण हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सरकारमा जाने निश्चित भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसंगको लामो छलफलपछि जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जाने निश्चित भएको हो ।

जसपा एक नेताका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने भएको बताएका छन् । उनले शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने भएको बताएका हुन् ।

जसपा नेताका अनुसार महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको हो ।

यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकबाल मिया वन तथा वातावरण मन्त्रालय र रेनुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्रीको जिम्मेवारी दिइने जसपाका नेता केशव झा बताए । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);