महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते भएको यादव पक्षको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते भएको यादव पक्षको दाबी

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्रलाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले किर्ते जालसाजी पत्र भएको दाबी गरेको छ ।यादव पक्षले शनिबार एक विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको दाबी गरेको हो ।

जसपा अध्यक्ष ठाकुरले शुक्रबार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बैठकबाट पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको भन्दै आयोगमा पेश गरेका थिए । ‘निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानूनी तथा दण्डनीय कार्य हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

ठाकुर पक्ष अहिले सरकारमा सहभागी भएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा उभिएको छ । पार्टी आधिकारिकताको विषयलाई लिएर जसपाभित्रको विवाद अहिले निर्वाचन आयोगसम्म पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);