कांग्रेस पार्टी कार्यालयमा २२ बेड अक्सिजनसहितको आइसोलेशन कक्ष संचालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेस पार्टी कार्यालयमा २२ बेड अक्सिजनसहितको आइसोलेशन कक्ष संचालनमा

शालिकराम चालिसे,
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले जिल्लास्थित पार्टी कार्यालयमा २२ बेडको अक्सिजन सहितको आइसोलेशन कक्ष संचालनमा ल्याएको छ ।

नेपाली कांग्रेस प्रवत्ता राजु थापाले २२ बेडको अक्सिजन सहितको आइसोलेशन कक्ष संचालनमा ल्याएको जानकारी दिए । उनले देशमा कोरोना भाइरको महामारी बढेको भन्दै कोरानो नियन्त्रणमा सघाउन पुराउन पार्टी कार्यालय भवनलाई आइसोलेसन बनाउने दिने निर्णय भए अनुसार पार्टी कार्यालयमा २२ बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरेको बताए ।

प्रवत्ता थापाले संकटको घडीमा आइसोलेशन निर्माणका लागि सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिदै महामारीसंग सबै एकजुट भइ लड्न आह्वान समेत गरेको छ ।

नेपाली कांग्रेस नुवाकोटले थप १४ वटा अक्सिजन कन्सनटेटर चीनबाट झिकाउने र कोभिड वार्ड संचालनमा ल्याइने बताइएको छ । नुवाकोटमा हाल कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १९ पुगेको छ भने २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);