पाल्पामा कोभिड नियन्त्रणका लागि पर्याप्त अक्सिजन र आइशोलेशन केन्द्र सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाल्पामा कोभिड नियन्त्रणका लागि पर्याप्त अक्सिजन र आइशोलेशन केन्द्र सञ्चालन

पाल्पा पाल्पाको रामपुर नगरपालिकाले कोभिड नियन्त्रणकालागि पर्याप्त अक्सिजन र आइशोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । संक्रमितले बेड तथा अक्सिजन नपाएर ज्यान गुमाउनु नपरोस भन्दै रामपुर नगरपलिकाले गाउँ गाउँमा अक्सिजन सहितका आइसोलेशन संचालनमा ल्याएको हो । पाल्पाको रामपुर नगरपालिकाले काभिडको रोकथामकालागि गरेको यो प्रयास प्रभावकारी बनिरहेको छ । गाउँ गाउँमा अक्सिजन देखि पर्याप्त आइशोलेशन केन्द्र सञ्चालनमा ल्याएके छ ।

यो हो पाल्पाको पूर्वी भेग कालिगण्डकीको बेसी रामपुर नगरपालिका । नेपालमा सुरु भएको कोरोनाको दोस्रो लहरले स्थानिय आक्रान्त बनेका छन । कोभिडको रोकथामका लागि स्थानिय सरकारहरुले गरेको प्रयास प्रभावकारी बनिरहेको छ । स्थानिय सरकार हुँदैनथे त यो मुलुकमा जनता सडकमै मर्नुपर्ने बाध्यता रहन सक्थ्यो । नेपाल संघिय गणतन्त्रात्मक मुलक बनेपछि बनेको स्थानिय सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि प्रयास जारी राखेका छन ।

जिल्लाको रामपुर नगरपालिकाले पनि कोरोनाको न्यूनिकरणको लागि अनुकरणीय काम र निर्णय गरेको छ । रामपुर नगर सरकारकाले नगरबासीको सुरक्षाको लागि ठाउँ ठाउँमा आइशोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर सरकारले विभिन्न ठाउँमा गरि २५ बेडको अक्सिजन सहितको चिकित्सकको ब्यवस्था गरि सुविधा सम्पन्न आइशोलेशन सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले वडा नं १ को गाँडाकोट स्वास्थ्य चौकिमा ५ बेड,वडा नं ९ को टंकनाथ स्मृति भवनमा ५ र वडा नं १० को भानुभत्त माविमा ५ बेडको अक्सिजन सहितको आइशोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । नगरसरकारले निशुल्क एम्बुलेन्स सेवा,कोभिडबाट मृत्यु भएका परिवारलाई काजक्रिया खर्च स्वरुप ३० हजार,कोभिड संक्रमितलाई ओसारपोसार गर्न मेयर स्वयम आफैको निजि सवारी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने सम्मका निर्णय भएका छन ।

नगरसरकारले नगरबासीको निशुल्क पिसिआर परिक्षण समेत गरि रहेको छ । नगरसरकारले होम आइशोलेशनमा बसेका संक्रमितलाई घरघरमै पुगेर अक्सिजन सेवालाई समेत निरन्तरता दिइरहेको छ । नगर सरकारले आवश्यक परेको खण्डमा रामपुर अस्पतालमा बेड थप गरेर ३५ बेड सम्मको आइशोलेशन सञ्चालन गर्ने तयारी समेत रहेको छ । नगरसरकारले रामपुर अस्पतालको समन्वयमा रामपुरमा निर्माणधीन ५० शैयाको रामपुर प्रादेशीक अस्पताल अस्पतालमा १० बेडको अक्सिजन सहितको आइशोलेशन निर्माण भएका हो ।

यसलाई व्यवस्थापन गर्न नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहित अक्सिजन व्यवस्थापन,स्वास्थ्यकर्मी र पुर्वधारको ब्यवस्थापनमा सहयोग गरेको छ । आइशोलेशनका संक्रमिको उपचार रामपुर अस्पतालका स्वास्थ्यकर्मीले गर्ने गरेका छन । रामपुर नगरपालिकालाई कोरोना रोकथाम तथा न्यूनिकरण गर्न नगर भित्रका संघ संस्थाले समेत सहयोग गरेका छन । लायन्स क्लबले रामपुर नगरपालिकालाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ भने रामपुर युवा क्लबले रामपुर अस्पतालको आइशोलेशनमा उपचारत संक्रमित र तिनका कुरुवालाई निशुल्क खाना खुवाएर सहयोग गरेको छ ।

नगर सरकालाई यो विपद्मा गरेको सहयोगले स्थानिय सरकारलाई कोरोना संक्रमणको रोकथामको क्षेत्रमा काम गर्न हौसला थपेको छ । रामपुर नगर सरकारले सामाजिक उत्तरदायित्व अनुरुप कोभिडको यो विपद्को घडिमा काज क्रिया,निशुल्क एम्बुलेन्स,घरघरमा अक्सिजन र नगरबासीको निशुल्क पिसिआर परिक्षण लगायतको गरेका काम आफैंमा अनुकरणीय छ यसको सिको अन्य स्थानिय तहले सम्मेत अबलम्बन गर्न सके नागरिकले चयनको निद निदाउन पाउने थिएकी । ०००।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);