पाल्पाको रामपुर नगरपालिकामा गाईको संरक्षण गर्न गौशाला निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाल्पाको रामपुर नगरपालिकामा गाईको संरक्षण गर्न गौशाला निर्माण

प्रकाश नेपाल

पाल्पा, ६ फागुन । पाल्पाको रामपुर नगरपालिकाले जिल्लामै पहिलो पटक गाईको संरक्षण गर्ने उद्देश्यले गौशाला निर्माण शुरु गरेको छ । हिन्दुहरुले लक्ष्मीको रुपमा पूजा गर्ने गाईको संरक्षण र गौमुत्रको उपयोग गर्ने उद्देश्यले गौशाला निर्माणको शुभारम्भ गरेको हो ।

गाईको दुध र गौमुत्रले बिभिन्न रोगको उपचारमा समेत फाईदा पुगेको प्रमाणित भईसकेको छ । अझ आयुर्बेद्ध उपचारमा गौमुत्रको धेरै प्रयोग भईरहेका छन् । यसैलाई लक्षित गरी पाल्पाको रामपुर नगरपालिकाले गाईको संरक्षण र गौमुत्रको सही उपयोग गर्ने उद्देश्यले गौशाला निर्माण गर्न लागेको हो ।

दुधका लागि प्रयोग हुने गाईको व्यवस्थापन दिर्घकालीन रुपमा नभएकाले नगरपालिकाले व्यवस्थापनका लागि करिब दुई सय रोपनी क्षेत्रफलमा कालिगण्डकी नदी किनार धार्मिक स्थल तातोपानी घाटमा गौशाला निर्माणको थालनी गरेको हो ।

नगरपालिकाले गौशाला निर्माणको लागि २० लाख बजेट बिनियोजन गरेको छ । घरबाट छाडिएका गाईहरुको समेत दिर्घकालिन व्यवस्था गर्न र गौमुत्रको बिभिन्न उपयोगमा ल्याउने हिसावले गौशाला निर्माण गर्न लागिएको प्रमुख रमण थापाले जानकारी दिए ।

रामपुर नगरपालिकाले दुई सयदेखि पाँच सय वटासम्म गाई अट्ने गरी गौशाला निर्माण गर्ने योजना गरेको छ । गौशाला निर्माणले लक्ष्मीको रुप गाईको संरक्षण हुनुका साथै नजिकैको लक्ष्मी नारायण मन्दिरको समेत प्रचारप्रसारमा सहयोग पुग्ने स्थानीयको भनाई छ ।

समाजमा अहिले गाईलाई दुध दिउन्जेल पाल्ने र मर्ने बेला भएपछि त्यतिकै छोड्ने चलन छ । यसले सडकमा दुर्घटना समेत वढाएको छ । यस्तो विकृती रोक्न रामपुर नगरपालिकाले ल्याएको यो योजना राम्रो भएको स्थानीयहरुको भनाई छ ।

नगरपालिकाले गाईको संरक्षण संगसंगै गौमुत्रको उपयोग गर्न सकिए यस क्षेत्रमा गाईबाट आम्दानीको स्रोत बलियो हुने सराकारवालाहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);