छाडा चौपाया व्यवस्थापन गर्न 'गौ संरक्षण महायज्ञ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

छाडा चौपाया व्यवस्थापन गर्न ‘गौ संरक्षण महायज्ञ’

श्रवण देउवा
धनगढी ३० फाल्गुन । कैलालीको धनगढी उपमहानरपालिकाको शिवपुरी धाममा गौ संरक्षण महायज्ञ २०७५ हुने भएको छ । जिल्लामा छाडा गाईहरुको समस्या विकराल बन्दै गएपछि धनगढीका सरोकरवालाहरुको एक भेलाले महायज्ञ गर्ने बताएको हो ।

महायज्ञले धनगढी महानगरपालिका र गोदावरी नगरपालिकामा रहेका छाडा चौपाया व्यवस्थापनका लागि महायज्ञ गर्न लागिएको महयज्ञ मुल आयोजक समितिका संयोजक योगेश मल्लले बताए ।

गौ संरक्षण महायज्ञ २०७५, धनगढी

हिन्दुहरुको धर्म संस्कृति रक्षार्थ छाडा गाई व्यवस्थापनको लागी आगामी बैशाख १८ देखी २८ गते सम्म धनगढीको वडा नम्बर ४ उत्तरबेहडी स्थित शिवपुरी उत्तररामेश्वर ज्योतिलिंग धाममा महायज्ञ सञ्चालन गरिने छ ।

हिन्दु धर्ममा जोडीएको गाईप्रति पछिल्लो समयमा मानिसहरु स्वार्थी बनेर दुध दिउन्जेल पाल्ने र दुध दिन छोडेपछि छाडा छोड्ने प्रबृतिलाई रोक्न गौ संरक्षणको लागी महायज्ञले टेवा पुग्ने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

प्रमुख वडले महायज्ञबाट संकलीत रकमको अक्षय कोष निर्माणसंगै अक्षय कोषमा जम्मा रकमले गाईको आहाराको लागी खर्च गरीने बताए । गौ संरक्षण गर्न गौशाला निर्माणको लागी गोदावरी नगरपालिका र धनगढी उप महानगरपालिका बीचमा पर्ने भल्काको सामुदायिक बनको खाली १ सय ५० विघा जमिनलाई प्रयोगमा ल्याउन पहल भैरहेको छ ।

कैलालीका सडकमा दुर्घटना बढ्नुमा छाडा चौपाया पनी एक प्रमुख कारण बनेको भन्दै प्रमुख जिल्ला अधिकारीको गोविन्दप्रसाद रिजालले महायज्ञ पछि सडक दुर्घट्ना न्यूनिकरण हुने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);