हुलाकी सडकमा दैनिक सवारी दुर्घटना बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हुलाकी सडकमा दैनिक सवारी दुर्घटना बढ्दै

accident-f25

सन्तोष रोकाया
कैलाली, ३० फागुन । कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने हुलाकी सडकमा दिन प्रति दिन सवारी साधन दुर्घटना बढ्दै गएको छ । कैलालीको सत्ति देखि भजनी–धनगढी सम्म पर्ने करिब ६१.२ किलेमिटर दुरीमा पर्ने हुलाकी सडकमा दैनिक सवारी दुर्घटना बढ्दै गएको हो ।

सडक सँग हरेक व्यक्तिको जिवन जोडिएको छ । तर कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने हुलाकी सडक अस्तव्यस्त भएर दैनिक सवारी साधन दुर्घटना बढ्दै गईरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्याड्ढ अनुसार हुलाकी सडकमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भईसकेको छ भने चालु आर्थिक वर्षको अहिले सम्म ३ जनाको मृत्युभई सकेको छ ।

बहुलिया सिमा प्रहरी चौकी फूलवारीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनामा मात्रै फूलवारी क्षेत्रमा २७ वटा सवारी साधन दुर्घटना भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);