मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

किशोर तामाङ
पुनर्वास, ७ फागुन ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास बेलौरी सडकखणड अन्तर्गत पर्ने हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

पुनर्वास बेलौरी सडकखणड अन्तर्गत हुलाकी सडकमा बिहीबार कैलालीको धनगढीबाट कञ्चनपुरको बेलौरी स्थित घरतर्फ फर्किने क्रममा ना ४४ प ९७०४ नम्बरको मोटरसाइकल तीब्र गतिका कारण अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किदा दुर्घटना भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता बस्ने २३ वर्षीय गोविन्द चौधरीलाई सेती प्रादेशिक अस्पतालमा पुगाएपछि मृत घोषणा गरिएको थियोे ।

दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार बेलाैरी नगरपालिका वडा नम्बर ८ कलकत्ता बस्ने २३ वर्षीय हिक्मत चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।

बिष्टका अनुसार, घाइतेको पुनर्वासमा सामान्य उपचार पछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमै राखिएको छ ।

Leave a Reply