बाघको आतंकका कारण ठोरीबासी त्रसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाघको आतंकका कारण ठोरीबासी त्रसित

पर्सा, ७ फागुन । भारतिय वाल्मीकि व्याघ्र परियोजना भित्र रहेको बाघले नेपाल पसि आतंक मच्चाउन थालेपछि सत्यतथ्य बुझ्न नेपाली सरकारी टोली वाल्मीकि व्याघ्र परियोजनाको कार्यालय पुगेको छ ।

निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष, चितवन राष्ट्रिय निकुञ्ज रेन्जपोष्टका रेन्जर सहितका ५ जनाको टोली मुग्राहा भन्ने स्थानमा पुगी बाघको खोजीकार्यमा खटिएका भारतीय सरकारी टोलीसँग भेट गरी बाघलाई कसरी नियन्त्रणमा लिने भन्ने विषयमा कुराकानी भएको बताईएको छ ।

वाल्मीकि व्याघ्र परियोजनाका अम्रेश कुमार मलको नेतृत्वको भारतीय टोलीले ८ दिनदेखि उक्त बाघको खोजी कार्य गरिरहेका छन् ।

ठोरी ३ मा केहीदिन पहिला आवतजावत गर्ने क्रममा बाघ देखिएका कारण उक्त हिसांत्मक बाघ नेपाल तर्फको गाउँमा आएको हुनसक्ने वा आउन पनि सक्ने सम्भावना रहेकाले सम्पुर्ण ठोरीबासीलाई सतर्कता अपनाउन ठोरी मध्यवर्ती उपभोक्तासमितिले अनुरोध गरेको छ ।

नेपालको सिमानासँग जोडिएको भारतीय वाल्मीकि व्याघ्र परियोजना भित्र रहेको बाघले केही दिन भित्रै ३ जनाको ज्यान लिइसकेको छ भने २ जनालाई गम्भीर घाइते बनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);