बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

pakrau

कञ्चनपुर, ७ फागुन । कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले महाकाली माध्यमिक विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानालाइ विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपका आधारमा पक्राउ गरिएको बताए।

उनका अनुसार ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);