उपत्यकामा ३ महिना भित्रमा २ हजार सडक दुर्घटना, ६५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उपत्यकामा ३ महिना भित्रमा २ हजार सडक दुर्घटना, ६५ को मृत्यु

सीता शर्मा
काठमाडौं, ६ कात्तिक । पछिल्लो समयमा सवारी दुर्घटना बढ्दै गएका छन् । उपत्यकाका तीन जिल्लाको तथ्याङ्गलाई हेर्ने हो भने चालु आर्थिक वर्षको ३ महिनामा २ हजार ९२ सवारी साधन दुर्घटना भएका छन् भने ६५ जनाले ज्यान गुमाएको महानगरीय ट्राफिक कार्यालय महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको आर्थिक वर्षमा उपत्यकाका तीन जिल्लामा ११ हजार ५ सय ७ सवारी दुर्घटना भएका छन् भने १ सय ९४ जनाको मृत्यु भएको छ ।

चालकको लापरवाही, तिव्रगती, मादक पदार्थ सेवन, यान्त्रिक गडबढी, ओभरटेक र पैदल यात्रुको लापरवाहीका कारण सडक दुर्घटनाको मुख्य कारण बन्ने गरेको प्रहरीको भनाइ छ । । दुर्घटनामा परेका सवारी साधन मध्ये सबैभन्दा धेरै दुइपाङग्रे मोटरसाइकल र स्कुटर वढी देखिएका छन् । बढ्दै गएको दुर्घटनालाई कम गर्न चालकले ट्राफिक नियमको पालनामा विशेष ध्यान दिनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तको भनाई छ ।

त्यस्तै, सवारी दुर्घटनामा १७ देखि ३५ वर्ष उमेर समुहका युवाहरुको बढी ज्यान जाने गरेको तथाङ्गले देखाएको छ । युवापुस्ताले मोटरसाइकलको आवरण परिवर्तन गरी चलाउँदा र तिव्र गतीमा सवारी साधन चलाउँदा पनि बढी दुर्घटना हुने गरेको छ । त्यस्तै, पैदलयात्रीहरुले जथाभावी बाटो काटिदिँदा, शिकारु सवारी चालकका कारण पनि दुर्घटनालाई वढाईरहेको छ ।

लामो दुरीका सवारीहरुमा एक मात्र चालक हुनु, सडकमा भएका खाल्डाखुल्डिले पनि रातको समयमा वढी दुर्घटना हुने गरेका छन् । त्यसैगरी, चाडपर्वको नाममा मादक पदार्थ सेवन गरी सवारी चलाउनु पनि दुर्घटनाको अर्काे कारण रहेको छ । त्यस्तै बढ्दै गएको सवारी साधनको चाँप र साँघुरा सडकहरुले पनि दुर्घटना बढाएको सवारी चालकहरु बताउँछन् ।

सवारी साधन चलाउँदाको सामान्य नियम पनि पालना नगर्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको छ । त्यसैले, यसरी दिनानुदिन बढीरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आम नागरीक, नियमनकारी निकाय र सवारी चालक समेत सचेत हुनु पर्ने वेला आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);