जनकपुर, ६ कात्तिक । जनकपुरमा सशस्त्र प्रहरीका एक हबल्दार घुससहित पक्राउ परेका छन् । मंगलबार सशस्त्र प्रहरीका हबल्दार चन्देश्वर गिरीलाई बर्दिवास स्थित अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालयबाट गएको टोलीले १२ हजार घुस सहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियारले कदम चोकस्थित एक पसलबाट गिरीलाई पक्राउ परेका हो । भारतको सीमावर्ती क्षेत्रबाट सामान ल्याउन सहज बनाइदिने भन्दै गिरीले सेवाग्राहीबाट १२ हजार घुस रकम माग गरेका थिए । पक्राउ परेका गिरीबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




