अलग मधेश बनाउने कुराले मधेशी जनताकै अपमान : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

अलग मधेश बनाउने कुराले मधेशी जनताकै अपमान : प्रचण्ड

जनकपुरधाम, ६ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट अलग मधेश बनाउने कुराले मधेशी जनताको अपमान हुने बताएका छन् । नेकपाद्वारा आज जनकपुरधाममा आयोजित शुभकामना आदान–प्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटनका लागि जनकपुर आएका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय एकताले मात्र मधेशी जनताको अधिकार प्राप्त हुने भन्दै संविधान संशोधनको विषयमा प्रधानमन्त्री, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र आफुबीच सहमति भएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले प्रदेश–२ ले ओभर टेक गरेर प्रदेश ऐन ल्याएको आरोप लगाए । उनले यसले दुर्घटना निम्त्याउने सक्ने बताए ।

यसै कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतले संविधान अनुसार आफुहरु अगाडी बढिरहेको र त्यसैको निरन्तरता स्वरुप प्रदेश प्रहरी ऐन ल्याएको बताए ।

उनले प्रदेश सरकार चाँडै निजामती सेवा ऐन, लोकसेवा ऐन ल्याउन तयारी गरिरहेको स्पष्ट पारे । कार्यक्रममा बोल्दै नेकपाका महासचिव विष्णु पौडेलले संंघीय सरकारलाई गालि गरेर प्रदेशको विकाश नहुने भन्दै प्रदेश नम्बर २ को समग्र विकासका लागि लाग्न आग्रह गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);