छाडा गाई व्यवस्थापन कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

छाडा गाई व्यवस्थापन कार्य सुरु

chhada-animal

काठमाडौं, १५ साउन । तुलसीपुर उपमहानगरपालिकाले छाडा गाईको व्यवस्थापनको काम सुरु गरेको छ । विभिन्न स्थानीय तहका लागि जटिल बन्दै गएको छाडा गाई व्यवस्थापन गर्न तुलसीपुरमा गौ संरक्षण समिति स्थापना गरिएको हो । छाडा गाई व्यवस्थापनको प्रयास स्वरूप उपमहानगरपालिकाले पहिलो चरणमा १२५ वटा गाई तुलसी गौ संरक्षण सहकारी संस्थालाई हस्तान्तरण गरेको हो ।

गौशालाका अध्यक्ष मोहन भण्डारीले गाई बुझेका थिए । गाईलाई व्यवस्थापन गरेर त्यसलाई उद्यमशीलतासँग जोड्ने गरी सहकारीले काम अगाडि बढाएको हो ।

अध्यक्ष भण्डारीले फूलबारीमा रहेको गौशाला निर्माणको काम भइरहेकाले अहिले गौलौरामा रहेको गौशालामा व्यवस्थापन गरिएको बताए । गौशाला निर्माणसँगै त्यसलाई कसरी व्यावसायिक बनाउने भन्नेबारे पनि तयारी भइरहेको उनको भनाइ थियो । ‘लक्ष्मी पूजाको दिन सबै गाईहरूको व्यवस्थापन गर्नेगरी काम भइरहेको छ । ’ अध्यक्ष भण्डारीले भने ।

यसैबीच गाई हस्तान्तरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले गाई व्यवस्थापन सुरु भएकोमा खुसी व्यक्त गरे । उनले सहकारी र उद्यमसँग जोडेर छाडा चौपाया नियन्त्रणका लागि पहल गरिने बताए ।

कुनै एक स्थानीय तहले मात्रै काम गरेर छाडा गाई नियन्त्रण हुन नसक्ने बताउँदै सबै स्थानीय तहले यसबारेमा गम्भीरतापूर्वक काम अगाडि बढाउन आवश्यक रहेको कुरामा जोड दिए । ‘हरेक स्थानीय तहले गाईहरूलाई ट्यागिङ गर्नुपर्दछ । अनि मात्रै यसको नियन्त्रण सम्भव हुन्छ,’ पाण्डेको भनाइ थियो । उनले जथाभावी गाई छाड्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक रहेको समेत बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);