गुजरातमा सडकमा छाडा गाइबस्तु छाड्नेलाई ६ महिना जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गुजरातमा सडकमा छाडा गाइबस्तु छाड्नेलाई ६ महिना जेल सजाय

नयाँ दिल्ली। भारतको पश्चिमी राज्य गुजरातको एक अदालतले आफ्ना गाईवस्तुलाई सडकमा छाड्ने एक व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाएको छ। गाइबस्तुलाई छाडा छोडेको र जनताको ज्यान जोखिममा पारेको अभियोगमा अदालतले प्रकाश जयराम देसाईलाइ दोषी ठहर गरेको हो ।सडकमा छाडा गाइबस्तु छोडिने विभिन्न राज्यमध्ये गुजरात पनि एक हो । सडकमा छोडिने  छाडा गाईवस्तुका कारण यहाँ सवारीलगायतका दुर्घटना हुने गरेका छन् । अपराध बढ्दै गएकाले दोषीलाई सजाय सुनाइएको अदालतले जनाएको छ।

हिन्दुहरूको बाहुल्यता रहेको भारतमा गाई पवित्र जनावर हुन् । गुजरातलगायत १८ राज्यमा तिनीहरूलाई मार्नु गैरकानुनी छ।

सन् २०१७ मा गुजरातले गाईको हत्या गर्नेहरूलाई आजीवन कारावासको सजाय हुने सूचना जारी गरेर गाई संरक्षण कानुनलाई कडा बनायो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);