ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्योः मस्क | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्योः मस्क

न्युयोर्क। सामूहिक राजीनामाले ट्विटरमा अराजक वातावरणलाई औंल्याए पनि एलोन मस्कले दैनिक सक्रिय प्रयोगकर्ताहरू बढेको बताएका छन् । एक ट्विटमा ट्विटरका नयाँ मालिक मस्कले यस्तो जानकारी गराएका हुन् । ‘ट्विटरले गत हप्ता १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो, जुन अहिलेसम्मकै उच्च हो,’ विद्युतीय सवारी टेस्लाका मालिकसमेत रहेका मस्कले भने।
केही दिनअघिमात्र मस्कले कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न आदेश दिएका थिए । उक्त आदेशले अपाङ्गता भएका कामदारमाथि भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर भएको थियो  क्यालिफोर्नियास्थित इन्जिनियरिङ प्रबन्धक दिमित्री बोरोडेन्कोले कार्यालयमा रिपोर्ट गर्न अस्वीकार गर्दा ट्विटरले यस हप्ता आफूलाई बर्खास्त गरेको भन्दै बुधवार सान फ्रान्सिस्को संघीय अदालतमा कम्पनीविरुद्ध उजुरी दिएका थिए ।

Leave a Reply

ताजा समाचार