छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै

छाडा चौपाया

काठमाडौं, २७ फागुन । संघीय नेपालको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिका सुविधा सम्पन्न मात्र नभएर व्यवस्थित स्मार्ट सहर हुनुपर्ने हो । तर, महानगरपालिका भित्र छाडा चौपाया व्यवस्थापनमा समेत सफल भएको छैन । जसका कारण सडकको आवतजावत मात्र हैन दुर्घटनाको जोखिम पनि त्यत्तिकै बढाएको छ ।

यसरी सडकमा घुमिरहेका छाडा चौपायाले सडकमा अवरोधमात्र गरिरहेका छैनन् दुर्घटनाको जोखिम समेत बढाइरहेका छन् । महानगरीय ट्राफिक प्रहरीकाका अनुसार काठमाडौंमा गत वर्षमात्र छाडा चौपायाकै कारण दुर्घटना हुँदा सात जनाले ज्यान गुमाए ।

छाडा चौपायाको व्यवस्थापनको जिम्मा काठमाडौ महानगरपालिकाको हो । तर, सडकमा यत्रतत्र देखिने छाडा चौपायाको व्यवस्थापन हुन सकेको छैन । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी छाडा चौपाया पहिलेको तुलनामा धेरै व्यवस्थित भइसकेको दावी गर्दै जनप्रतिनिधि आएसँगै सडकका छाडा चौपाया उठाउने गरेको बताउँछिन् ।

गतवर्ष महानगरपालिकाले दुईसय अठासी छाडा चौपाया नियन्त्रण गरी लिलामी गरिएको थियो । घरपालुवा चौपाया बुढो भएपछि बाटोमा छोड्ने र दुधे बाच्छा समेत सडकमा पु-याउने गलत प्रवृतिका कारण पनि दैनिक रुपमा सडकमा चौपाया देखिने गर्छन् ।

त्यसबाहेक दुध खाइरहेका घरपालुवा चौपायासमेत दिनभर सडक छेउछाउमा चरनका लागि छोड्ने गरेका पाइन्छ । त्यसले पनि यातायातमा अवरोध र जोखिम दुबै बढाइरहेको छ ।

सडकमा छाडिएका चौपायामा बढि सङ्ख्यामा बाच्छा, थारो तथा बुढा गाई रहेका छन् । सडकका छाडा चौपायाले आफ्नो आवतजावत र दैनिकीमा असर गरेको गुनासो सर्वसाधारणको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);