अस्ट्रेलियाद्वारा भारतसँग स्वतन्त्र व्यापार सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अस्ट्रेलियाद्वारा भारतसँग स्वतन्त्र व्यापार सम्झौता

सिड्नी। अस्ट्रेलियाले भारतसँगको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) संसदबाट पारित गरेको छ ।  अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले एफटीए संसदबाट पारित भएको घोषणा गरेका हुन् । ‘ब्रेकिंगः हाम्रो भारतसँगको स्वतन्त्र व्यापार सम्झौता संसदबाट पारित भएको छ’ अल्बानीजले ट्वीट गरे। अल्बानीजले अर्को वर्ष मार्चमा भारत भ्रमण गर्ने बताएको केही दिनपछि यो कुरा आएको हो ।  जी २० शिखर सम्मेलनको १७ औं संस्करणको छेउमा उनले यो घोषणा गरेका हुन् । ‘मैले भारतका प्रधानमन्त्री मोदीसँग पनि भेटेँ, जहाँ हामीले अष्ट्रेलिया र भारतबीचको घनिष्ठ आर्थिक सहयोग सम्झौतालाई अन्तिम रूप दिनेबारे छलफल गरेका थियौं । म मार्चमा भारत भ्रमण गर्नेछु’, अल्बानीजले भने ।

गत साता अष्ट्रेलियाका व्यापार मन्त्री डन फारेलले भारतसँगको व्यापार सम्झौताले अस्ट्रेलियाली सेवा कम्पनीहरू र पेसेवरहरूलाई भारतीय बजारमा पहुँच गर्ने ठूलो अवसर प्रदान गर्ने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);