गगन थापाको विजयोत्सव | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

गगन थापाको विजयोत्सव

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गरेका छन् । दुई दिनअघि आइतबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका राजन भट्टराईलाई पराजित गर्दै गगनले काठमाडौं ४ मा जितको ह्यार्टिक गरेका हुन् । २१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका थापाले उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी भएको थिए ।  ७ हजार ४४७ मत अन्तरले थापा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गर्दै पराजित हुन पुगे । यद्यपि, यो समाचार तयार पार्दासम्म औपचारिक रुपमा नतिजा घोषणा गरिएको छैन ।  २०७४ सालमा पनि थापाले भट्टराई नै पराजित गरेका थिए । त्यसबेला माओवादीको साथ रहँदासमेत भट्टराई थापासँग पराजित हुन पुगेका थिए ।
२०७४ सालमा थापाले तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भट्टराईलाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। थापाले २१ हजार ५५८ मत ल्याएका थिए ।

तेस्रोपटक राजन भट्टराईलाई पराजित गरेर जितमा ह्यार्टिक गरेका थापा र उनका समर्थकले विजयोत्सव मनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);