मोदीको नेपाल भ्रमण : प्रतिबद्धता धेरै, प्रगति कम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मोदीको नेपाल भ्रमण : प्रतिबद्धता धेरै, प्रगति कम

Narendra Modi

काठमाडौं, १५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेक सम्मेलनमा भागलिन नेपाल आउँदा उहाँको नेपाल भ्रमण प्रधानमन्त्रीका हैसियतले चौथोपटक पुगेको छ । सन २०१५मा प्रधानमन्त्री निर्वाचित भएपछि तीनपटक नेपाल भ्रमणमा आएका मोदीको भ्रमणमा धेरै प्रतिबद्धता व्यक्त गरेपनि आसातित प्रगति भने हुन सकेको छैन ।

भारतका प्रधानमन्त्रीको नेपाल भ्रंमण नभएको १७ बर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साल असारमा पहिलो पटक नेपाल भ्रमण गरेका थिए । त्यही साल मंसीरमा पनि सार्क शिखर सम्मेलनका क्रममा दोस्रोपटक मोदी नेपाल आएका थिए । पहिलोपटक नेपाल भ्रमणका क्रममा नेपालीको भावना अनुसारका बोली र व्यवहार गरेका मोदीले नागरिकसँग सडकमै ओर्लिएर हात मिलाएर लोकप्रिय भएका थिए ।

भारत सरकारका तर्फबाट मोदीले गरेको भूकम्प पीडितका लागि घोषणा अनुरुप सहयोग नआएको, विगतमा थाँती रहेका आयोजना अघि बढ्न नसकेको तथा नाकाबन्दीसमेत भएपछि नेपालमा मोदी समर्थकहरु आलोचकमा परिणत भएका थिए । त्यसैबेला लुम्बिनी, जनकपुर र मुक्तिनाथ जानेगरी बाचा गरेका मोदी तेस्रो भ्रमणमा जनकपुर र मुक्तिनाथ गएपनि लुम्बिनी जाने बाचा अहिलेसम्म पुरा भएको छैन । बरु उनले बिमस्टेक शिखर सम्मेलनकै क्रममा भारतमा बुद्धिष्ट सम्मेलन गर्ने घोषणा गरेका छन् ।

जनकपुर भ्रमणको क्रममा उनले जानकी मन्दिरको आसपासका क्षेत्रमा सहयोगका लागी एक अर्ब रुपैया बराबर सहयोगको घोषणा गरेका थिए । त्यही दिन काठमाडौंबाट संखुवासभामाको अरुण तेस्रो शिलन्यास गरेका मोदीले त्यहीबेला भारतसँग लागानी सम्झौता भएका तर, सुरुवात नभएका परियोजना संचालनमा ल्याउने घोषणा गरेका थिए । सेप्टेम्बरसम्म सुरुवात गर्ने भनिएपछि त्यसले पूर्णता भने पाउन सकेको छैन ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण बाक्लिएपनि नेपालकोृ भारतसँगको व्यापार घाटा कम गर्ने, नेपालमा लगानी बढाउने तथा दुई देशबीचको सम्बन्ध समानताका आधारमा स्थापित गर्ने कुरा अझै हुनसकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);